+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रदीप नेपालको निधनमा प्रचण्डद्वारा श्रद्धाञ्जली : लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय

जनवाच
५ घण्टा अगाडी

काठमाडौं । वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गहिरो दुःख व्यक्त गरेका छन्।

लामो समयदेखि पार्किन्सन र हाल निमोनियाबाट पीडित रहेका नेपालको केहीबेर अघि निधन भएको हो। उनको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको थियो।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको निधनले लोकतान्त्रिक आन्दोलनले एक निष्ठावान् सिपाही गुमाएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘निरंकुश शासनका विरुद्ध, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा प्रदीप नेपालको योगदान सदैव स्मरणीय रहनेछ।’

नेता नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन्।

नेता प्रदीप नेपाल वामपन्थी राजनीति, साहित्य र पत्रकारिता तीनै क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्थे। उनका योगदानहरूले नेपाली राजनीतिको एक युग चिनाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ