+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सोलार फार्म लिमिटेडले ल्याउँदै साढे १९ करोड बराबरको आईपीओ, बोर्डसँग अनुमति मागियो

कम्पनीले सार्वजनिक सेयर निष्कासन गरी ऊर्जा क्षेत्रमा थप लगानी जुटाउँदै सौर्य प्रविधिमा आधारित विद्युत उत्पादन विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं । ऊर्जा उत्पादनमा क्रियाशील सोलार फार्म लिमिटेडले पूँजी बजारमार्फत सर्वसाधारणका लागि सेयर निष्कासन गर्न प्रक्रिया थालेको छ। कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा प्रस्ताव दर्ता गराएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १९ लाख २८ हजार ५७२ कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ। कुल रकम १९ करोड २८ लाख ५७ हजार २ सय रुपियाँ बराबरको सेयर निष्कासन गरी आम लगानीकर्तालाई समेट्न लागिएको हो।

यसअघि नै कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ