+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

जीवन बीमा क्षेत्रमा नेपाल लाइफको दरिलो पकड, लघु बीमा कम्पनीले पनि देखाए सम्भावना

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, वैशाख २१ । नेपालमा जीवन बीमा व्यवसाय तीव्र गतिमा अघि बढिरहेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले जम्मा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूबीच सबैभन्दा धेरै बजार हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ। कम्पनीले एक्लैले ३३ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै शीर्ष स्थानमा रहन सफल भएको छ।

त्यस्तै दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ६४ करोड, र तेस्रो स्थानमा एलआईसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

जीवन बीमा क्षेत्रमा १४ कम्पनी सञ्चालनमा रहे पनि पछिल्ला वर्षहरूमा साना (लघु) जीवन बीमा कम्पनीहरूले पनि आफ्नो उपस्थिति दरिलो बनाउँदै लगेको देखिन्छ। हाल सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीले मात्र ८५ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

गार्डियन माइक्रो लाइफले ३२ करोड ५८ लाख, क्रेस्ट माइक्रो लाइफले ३२ करोड ३० लाख, र लिबर्टी माइक्रो लाइफले २० करोड ७७ लाख रुपैयाँ संकलन गर्दै आफ्नो बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ