+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छः अन्जान शाक्य

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, वैशाख २१ । राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले बुद्धजयन्ती मनाउने क्रममा हुँदै आएको मितिगत भ्रमलाई चिर्दै स्पष्ट मितिमा आधारित एकरुप अभ्यासको माग गरेकी छन्।

आइतबार संसदमा बोल्दै उनले गौतम बुद्धको वास्तविक जन्म मिति ई.पू. ६२३ अर्थात् आजभन्दा २६४९ वर्षअघि भएको कुरामा जोड दिँदै त्यसकै आधारमा बुद्ध जयन्ती मनाउन आग्रह गरिन्। उनका अनुसार हाल विभिन्न संस्था र निकायले बुद्धको महापरिनिर्वाण मितिलाई नै जन्मजयन्तीका रूपमा प्रस्तुत गर्दै आएको छ, जुन ऐतिहासिक दृष्टिले त्रुटिपूर्ण छ।

उनले ‘त्रिसंयोग दिवस’को सन्दर्भलाई पनि स्पष्ट पार्दै बौद्ध धर्ममा बैशाख पूर्णिमालाई गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण—तीनै घटनाको संयोग दिवसका रूपमा मनाउने परम्परा भए पनि त्यसले बुद्धको जन्ममिति ओझेलमा पार्ने खतरा रहेको बताइन्।

शाक्यले ऐतिहासिक सन्दर्भ पनि स्मरण गराइन्—वि.सं. २०५५ मा लुम्बिनीमा आयोजित प्रथम विश्व बौद्ध शिखर सम्मेलनमा बुद्ध जयन्तीलाई ‘लुम्बिनी दिवस’ का रूपमा मनाउने घोषणा गरिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयनमा अझै अस्पष्टता रहेको टिप्पणी गरिन्।

उनले भनिन्, “नेपाल सरकार र सरोकारवाला निकायहरूले अब यो विषयमा गम्भीर ध्यान दिनुपर्छ। जन्ममिति स्पष्ट छ, त्यसलाई नै आधार बनाएर ‘२६४९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस’ भनेर मनाउने हो भने मात्रै नेपालको ऐतिहासिक र धार्मिक पहिचान उजागर हुन्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ