+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

प्रेस स्वतन्त्रता नागरिक अधिकारको मेरुदण्ड हो : महासंघको विश्व प्रेस स्वतन्त्रता दिवस सन्देश

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, वैशाख २० — विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले स्वतन्त्र पत्रकारिता आम नागरिकको सूचना अधिकारसँग गाँसिएको संवैधानिक मूल्य भएको स्मरण गराउँदै प्रेस स्वतन्त्रताको संरक्षणमा सबै पक्षलाई सक्रिय बन्न आग्रह गरेको छ।

महासंघका सचिव रमेश कुमार बोहोराले जारी गर्नुभएको शुभकामना सन्देशमा सञ्चारमाध्यममाथि बढ्दो राजनीतिक, आर्थिक र कानुनी हस्तक्षेप, पत्रकारमाथि हिंसा र अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्तिलाई लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौतीका रूपमा औँल्याइएको छ।

सन्देशमा पत्रकार सुरेश रजकको हत्यालाई प्रेस स्वतन्त्रतामाथिको घातक प्रहार भन्दै त्यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। महासंघले यस्ता घटनाले न केवल पत्रकारको सुरक्षामा प्रश्न उठाएको, तर आम नागरिकको सूचना पहुँचमै संकट पैदा गरेको उल्लेख गरेको छ।

“प्रेस स्वतन्त्रता पत्रकार मात्र होइन, सम्पूर्ण नागरिकको हक हो,” सन्देशमा भनिएको छ, “यसको संरक्षण सरकार, सञ्चारगृह, नागरिक समाज र आम नागरिकको साझा जिम्मेवारी हो।”

साथै महासंघले पत्रकारहरूलाई पनि पेशागत आचारसंहिताको पालना गर्दै निडर र जिम्मेवार पत्रकारिता मार्फत लोकतन्त्र सुदृढ पार्न आह्वान गरेको छ।

प्रेस स्वतन्त्रताको सुदृढीकरणको लागि सबै क्षेत्रको ऐक्यबद्धता अपरिहार्य भएको महासंघले स्पष्ट पारेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ