+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

महाराजधिराजमा रमेश उप्रेतीको कमब्याक, पल शाहसँग स्क्रिन शेयर गर्ने

रमेश उप्रेतीको पुनरागमनलाई नेपाली फिल्म क्षेत्रका लागि उत्साहजनक संकेत मानिएको छ। चलचित्रमा पल शाह र उप्रेतीको संयोजनले नयाँ जोश र कौतूहल ल्याउने अनुमान गरिएको छ।

जनवाच
१२ घण्टा अगाडी

काठमाडौं, वैशाख १८ — लामो समयको विश्रामपछि अभिनेता रमेश उप्रेती नेपाली सिनेमामा पुनः सक्रिय हुँदैछन्। उनी बहुप्रतीक्षित फिल्म ‘महाराजधिराज’ मा एक प्रमुख भूमिकामा अनुबन्धित भएका छन्।

फिल्मका निर्माता टोलीका अनुसार उप्रेती शीर्ष भूमिकामध्ये एकमा देखिनेछन्। उनी पछिल्लोपटक फिल्म ‘ऐश्वर्या’ मा देखिएका थिए। त्यसयता केही नयाँ फिल्म साइन गरे पनि पर्दामा देखिन पाएका थिएनन्।

‘महाराजधिराज’ लाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्ने छन्। सेनको यो ‘प्रेमगञ्ज’ पछि दोस्रो निर्देशन हो। उनले यसअघि ‘मन्त्र’, ‘एक भागवत गीता’, ‘पर्खि बसेँ तिमीलाई’ र ‘अग्निदहन’ जस्ता फिल्मका पटकथा लेखिसकेका छन्।

यसै फिल्ममा अभिनेता पल शाह पनि मुख्य भूमिकामा छन्। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता टोलीले दशैंको फूलपातिमा फिल्म रिलिज गर्ने लक्ष्य राखेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ