+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आईपीओमा उछाल: पियोर इनर्जीको सेयरमा माग १६ गुणा बढी

जनवाच
४ दिन अगाडी

२ वैशाख, काठमाडौं — लगानीकर्ताको विश्वास र चासोको केन्द्र बनेको पियोर इनर्जी प्रा.लि. को प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा माग अपेक्षाभन्दा १६ गुणाभन्दा बढी पुगेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड का अनुसार, कम्पनीको आईपीओमा हालसम्म १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता सेयरको लागि आवेदन परेको छ। यो माग कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको ११ लाख ९५ हजार २ सय कित्ता सेयरको तुलनामा १६ गुणा बढी हो।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम म्याद आज (२ वैशाख) सम्म रहेको छ। नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको यस निष्कासनमा लगानीकर्ताले मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

गोल्यान ग्रुपअन्तर्गत स्थापना भएको पियोर इनर्जी कम्पनीले बाँके जिल्लामा १० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। २०८० सालदेखि व्यावसायिक उत्पादनमा रहेको कम्पनीको आयोजना कुल ४३ विघा जमिनमा फैलिएको छ र हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनीको रूपमा परिचित छ।

यद्यपि उत्पादनतर्फ सफल देखिए पनि, कम्पनीको आर्थिक अवस्था भने मिश्रित देखिन्छ। पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार:

  • प्रति सेयर नेटवर्थ: रु ९६.८२

  • प्रति सेयर आम्दानी (EPS): रु ०.३८

  • सञ्चित नोक्सानी: रु २ करोड ३ लाख

पियोर इनर्जीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। संस्थापक समूहको ८० प्रतिशत स्वामित्व रहेको यस कम्पनीले बाँकी २० प्रतिशत सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ