+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भारतको आसामबाट दुर्गा प्रसाईं पक्राउ

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २८ – चैत १५ गतेको राजावादी प्रदर्शनको नेतृत्व गर्दै त्यसलाई हिंसात्मक बनाएको आरोप लागेका दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो र हाल उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढिरहेको छ।

राजावादी आन्दोलनमा ‘कमाण्डर’को भूमिका खेलेका भनिएका प्रसाईं चैत १५ को काठमाडौं केन्द्रित प्रदर्शनपछि फरार भएका थिए। सो आन्दोलनमा व्यापक तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको थियो, जसको योजना र निर्देशन प्रसाईंबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रसाईंमाथि यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण कानुनी र सार्वजनिक दबाब आइरहेका थिए। पछिल्लो घटनाले उनलाई थप संकटमापारेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ। प्रसाईंलाई विधिसम्मत रूपमा अदालतमा पेश गरी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ