+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

प्रशासनिक संयन्त्रमा हस्तक्षेपको विरोधमा महानगर कर्मचारी एकजुट, नेतृत्वसँग जवाफदेही माग

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ, चैत २८ – काठमाडौं महानगरपालिकामा पछिल्ला दिन तनाव चुलिँदै गएको छ। मेयर बालेन्द्र शाहको सचिवालय र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध प्रशासनिक कर्मचारीहरू आक्रोशित भएका छन्। कार्यसम्पादनको स्वतन्त्रता र मर्यादा उल्लंघन भएको भन्दै कर्मचारीहरूले संगठित विरोधसहित ११ बुँदे माग प्रस्तुत गरेका छन्।

२१ चैतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्ष प्रवेशमा नगर प्रहरीले अवरोध गरेको घटनाले स्थिति विस्फोटक बनाएको हो। साथै, स्वकीय सचिवालयबाट सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा प्रमाणविहीन आरोप लगाइएको भन्दै कर्मचारीहरू थप आक्रोशित भएका छन्।

महानगर कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउदका अनुसार, मेयरका स्वकीय सचिव भूपदेव शाहले कर्मचारीप्रति जेल पठाउनेजस्ता धम्कीसहितको अविवेकी अभिव्यक्ति दिएका छन्। “सचिव स्वयंलाई जनप्रतिनिधि सम्झिएर प्रशासकीय मर्यादा उल्लंघन गर्नु उपयुक्त होइन,” साउदको भनाइ थियो।

कर्मचारीहरूको आरोप छ कि महानगरको प्रशासनिक संयन्त्र आरोप, आदेश र राजनीतिक प्रभावका भरमा चलाउन खोजिँदैछ, जसले समुचित कार्यशैलीमा अवरोध पुर्‍याइरहेको छ।

पाँच कर्मचारी संगठनहरूको संयुक्त वक्तव्यमा पाण्डेप्रति निलम्बनको माग गरिएको छ भने शाहविरुद्ध आवश्यक अनुशासनात्मक कारबाहीको माग गरिएको छ। उनीहरूले प्रशासनिक स्वतन्त्रता, मर्यादा र सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ