+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

जलवायु संकट र विषादीको चुनौतीमा विमस्टेक राष्ट्रहरू एकजुट, कृषि सहकार्यलाई नयाँ दिशा दिने प्रतिबद्धता

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २७ । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक आज काठमाडौंमा सम्पन्न भएको छ, जसले साझा चुनौतीहरूलाई सम्बोधन गर्दै कृषि क्षेत्रको सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा भारत, श्रीलंका र नेपालका कृषिमन्त्रीहरूको भौतिक सहभागिता रहेको थियो भने बाँकी चार सदस्य राष्ट्रका प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी भएका थिए।

मन्त्री अधिकारीले बैठकको उद्घाटन गर्दै जलवायु परिवर्तन र विषादीको बढ्दो प्रयोगले कृषिमा गम्भीर प्रभाव पारेको उल्लेख गरे। यस्ता साझा चुनौतीहरूसँग जुध्न सदस्य राष्ट्रबीच समन्वय र प्रविधिको आदानप्रदान आवश्यक रहेको उनको भनाइ थियो।

भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले विमस्टेक राष्ट्रहरूमा कृषि, पशुपालन र मत्स्य पालनमा अपार सम्भावना रहेको औंल्याउँदै, यी क्षेत्रहरूको दिगो विकासका लागि अन्तरदेशीय सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

बैठकको पूर्वसन्ध्यामा सम्पन्न उच्च अधिकारीहरूको बैठकले तयार पारेको संयुक्त वक्तव्यलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्दै, साझा परियोजना, अनुसन्धान, र नीति समन्वयलाई प्राथमिकता दिने सहमति जनाएको छ।

यो बैठकले क्षेत्रीय कृषि नीतिमा एकता र सहकार्यको खाँचो तीव्र रूपमा महसुस गरिरहेको संकेत दिएको छ। दिगो कृषि, जैविक उत्पादन, प्रविधि हस्तान्तरण र जलवायु अनुकूलन जस्ता विषयहरूमा विमस्टेक राष्ट्रहरूको साझा अभियानले दक्षिण एशियाली कृषि विकासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ