+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अछामको जयगढ बजारमा भीषण आगलागी : २७ घर जले, करोडौंको क्षति

जनवाच
१ हप्ता अगाडी

 अछाम, चैत २७ – अछामको बान्निगढी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा गएराति भएको भीषण आगलागीले बजार क्षेत्र पूर्णरूपमा तहसनहस बनाएको छ। २७ घर पूर्ण रूपमा जलेर नष्ट हुँदा ७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

प्रहरीका अनुसार पुष्पराज शर्माद्वारा सञ्चालित एक आईएमई सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट भएपछि आगोले बजारका अन्य घरहरूलाई समेत चपेटामा पारेको हो।

प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीको कारण ठूलो जनधनको क्षति भएको पुष्टि गर्दै भने, “११ वटा घरहरूमा व्यवसाय सञ्चालन भइरहेका थिए, जसमा लत्ताकपडा, किराना, मोबाइल, रेष्टुरेन्ट जस्ता पसलहरू रहेका थिए।”

२७ घर पूर्णरूपमा जलेर नष्ट

११ घरमा सक्रिय व्यापारिक गतिविधि

अनुमानित क्षति : ७ करोड रुपैयाँभन्दा बढी

कुनै मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन

स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि र रेडक्रस स्वयंसेवकहरूको सक्रियतामा रातभर प्रयास गरेर आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, बजार क्षेत्रमा हाल पूर्णरूपमा अन्धकार, धुवाँ र खरानीमात्र बाँकी रहेको छ।

पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि स्थानीय तहले पहल सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ