+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रविको मुद्दा ‘वीकएन्ड मोड’मा: अदालत बन्द भएपछि हिरासत लम्बियो, कारागारमा छविसँगै बस्ने तयारी

जनवाच
२ हप्ता अगाडी

भैरहवा, चैत २३ सार्वजनिक बिदाले फेरि एकपटक अदालतको ढोका बन्द भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमवारसम्म प्रहरी हिरासतमै राखिने भएको छ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेपछि रविको पेशी प्रक्रिया ढिला भएको हो।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार, अदालत खुल्ने सोमबार मात्र रविलाई पेश गरिनेछ।“बिदा भएका कारण उहाँलाई सोमवारसम्म हिरासतमा राखिन्छ, त्यसपछि अदालतमा पेश गरी मात्र कारागार पठाइन्छ,” — प्रहरी उपरीक्षक राठौरले बताए।

सहकारी अपचलनसम्बन्धी मुद्दामा पहिल्यै पुर्पक्षका लागि थुनामा रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङ र सचिव छविलाल जोशी अहिले भैरहवा कारागारमा थुनामा छन्।
छविलाल जोशी हाल ब्लक नं. २ मा छन्, र कारागार स्रोतका अनुसार सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने तयारी गरिँदैछ।

योसँगै सहकारी मुद्दाका मुख्य तीन अभियुक्तहरू एकै स्थानमा पुग्ने अवस्था बनेको छ।

राजनीतिक व्यक्तित्व भएकाले रविको कारागार बसाइ सामान्यभन्दा फरक हुने अपेक्षा गरिएको छ।
तर, कानुनी प्रक्रिया अनुसार, पुर्पक्षका लागि थुनामा पठाइएपछि उनी अन्य थुनुवाझैं समान व्यवहारमा पर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ