+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

काठमाडौंमा क्लासिक डाइमण्डको भव्य फेसन सो, विजेता सम्मानित

जनवाच
२ महिना अगाडी

काठमाडौं । क्लासिक डाइमण्ड ज्वेलर्सद्वारा आयोजित ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन शो’ (TPJFS) भव्य रूपमा सम्पन्न भएको छ। नेपालका चर्चित मोडलहरू, अन्तर्राष्ट्रिय फेसन आइकनहरू तथा बलिउड अभिनेत्री लारा दत्ताको आकर्षक उपस्थितिले कार्यक्रमलाई विशेष बनायो।

कार्यक्रमको मुख्य आकर्षण ‘फेस अफ क्लासिक डाइमण्ड’ मोडल प्रतियोगिताका विजेताहरूको सम्मान तथा पुरस्कृत गरिनु रह्यो। यस सिजनको विजेता पूर्णिका सिंजापति घोषित भइन् भने सृष्टि श्रेष्ठ फस्ट रनर अप र उरुसा भण्डारी सेकेन्ड रनर अप बने। उनीहरूले नगद पुरस्कारसहित एक वर्षका लागि क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरे।

फेसन शोको विशेष आकर्षण मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्ताको उपस्थितिलाई मानिएको थियो। उनले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गर्दै नेपाल र नेपाली फेसन उद्योगप्रति आफ्नो प्रशंसा व्यक्त गरिन्।

कार्यक्रममा नेपालसहित विभिन्न १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरूले ‘इलाइट कलेक्सन’ अन्तर्गतका आकर्षक हिराका गहनाहरू प्रदर्शन गरे। यी गहनाहरू पारंपरिक तथा आधुनिक डिजाइनको संयोजनमा तयार पारिएको थियो।

क्लासिक डाइमण्ड ज्वेलर्सले फागुन १३ देखि एक हप्तासम्म न्यूरोड तथा पुल्चोकस्थित आफ्ना सोरुमहरूमा विशेष ज्वेलरी एक्जिबिसन आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार, पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरूमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, इलाइट कलेक्सनका पाँच विभिन्न क्याटागोरीका गहनाहरू समेत प्रदर्शनीमा राखिनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ