काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रमुखरुपमा दुई विधेयकहरू प्रस्तुत गरिनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभाबाट उत्पत्ति भएको आमसञ्चार परिषद विधेयकमाथि छलफल अघि बढाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार यी विधेयकहरूमाथि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।
