+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

करुणा’ आत्मविश्वासको दस्तावेज: प्रधानमन्त्री ओली

ओलीले आफू सानो हुँदा जोतेको झापा स्थित खेतसमेत बाढीले बगाएको स्मरण गर्दै सम्पत्तिका विषयमा आफूविरुद्ध चलाइने अफवाहको खण्डन गरे।

जनवाच
१ महिना अगाडी

काठमाडौँ, १० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य घटनामा आधारित दस्तावेज भएको बताएका छन्। उनले पुस्तक कुनै कल्पित उपन्यास नभई वास्तविक संघर्षको कथा भएको स्पष्ट पार्दै यसमा कुनै बनावटी कुरा नरहेको दाबी गरे।

पाणिनि बुक्सद्वारा प्रकाशित ‘करुणा’ को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले भने, “मेरो श्रीमतीको प्रशंसा गर्यो भन्ने आरोप लाग्न सक्छ, तर म ढुक्कसँग भन्छु— यो पुस्तक २४ क्यारेटको सत्य हो। यसको प्रमाण म आफैं हुँ।”

बालकोटको घर राधिकाको मेहनतको परिणाम

प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षपूर्ण रहेको उल्लेख गर्दै बालकोटको घर श्रीमती राधिका शाक्यको परिश्रमबाट बनेको बताए। “मेरो मात्र कमाइले त्यो घर बन्न सक्ने थिएन। त्यो सबै राधिकाको मेहनत र बचतको परिणाम हो,” उनले भने। ओलीले आफू सानो हुँदा जोतेको झापा स्थित खेतसमेत बाढीले बगाएको स्मरण गर्दै सम्पत्तिका विषयमा आफूविरुद्ध चलाइने अफवाहको खण्डन गरे।

प्रथम महिला शाक्यले पनि बालकोटको घरबारे भइरहेको चर्चालाई गलत व्याख्या गरिएको बताइन्। उनले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर गरेर त्यो घर जोडेको बताउँदै भनिन्, “हाम्रो जीवनशैली सामान्य छ। हामी दुःखी, गरिब र असहायलाई सहयोग गर्न रुचाउँछौं। बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नु अनुचित हो।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ