+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने–अध्यादेश आएपछि निजी क्षेत्र उत्साहित भएको छ

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताएका छन् । नेपाली कांग्रेस, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आज बुधबारबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा उनले व्यवसायीमा नयाँ उर्जा पलाएको बताए ।
निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै श्रेष्ठले अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने बताए । उनले भने, ‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला । हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं । त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’

मुलुकको वर्तमान परिस्थितिलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने श्रेष्ठले बताए । उनले भने, ‘२०–४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायीमा नैराश्यता छ । व्यवसायीको मनोदशा गम्भीर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’

राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अन्जन श्रेष्ठले बताए । उनले भने, ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो रु त्यो हेर्ने हो । नाफा हेर्ने होईन । हाम्रो पनि व्यवसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ ।’ उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ