काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । विवादित डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान र लाइन जोड्ने निर्णयसँगै सरकारले ८ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले २०८१ कात्तिक २६ गतेदेखि २८ गतेसम्म चीनमा हुने कार्यक्रमका लागि भाग लिन जाने लुम्बिनी प्रदेशका मुख्य मन्त्री र सचिवलाई स्वीकृति दिने, भन्सार महसुल नियमावली, २०८१ स्वीकृत गर्ने लगायत अन्य ५ वटा निर्णय गरेको छ ।