+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकार विरुद्ध सडक संघर्ष

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित रास्वपा र राजावादीले एकैदिन जनप्रदर्शन गर्दै

जनवाच
५ महिना अगाडी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित दुईवटा दल र एक राजावादी समूहले आज राजधानीमा छुट्टाछुट्टै जनप्रदर्शन गर्दैछन् । माओवादी केन्द्रले बिहान ११:३० बजेदेखि काठमाडौंको प्रदर्शनीमार्गमा भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्ने भएको हो ।
शनिबार बिहान साढे ११ बजेदेखि शुरु हुने भनिएको माओवादी केन्द्रको विरोध सभा भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।

राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै माइतीघर मण्डला केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्‍यालीको आयोजना गर्दैछ ।

‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्‍यालीमा राष्ट्रिय झन्डासहित विरोध र्‍याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्‍याली सुरु गरी नारायणहिटी राजदरबारसम्म प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ