+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बक्यौता रकम तिरेपछि दुईवटा उद्योगको लाइन जोडियो

जनवाच
५ महिना अगाडी

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका बापत बक्यौता रकम नतिरेपछि विद्युत प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि दुईवटा उद्योग महशुल तिर्न तयार भएका छन् । बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले शुक्रबार बक्यौताको पहिलो किस्ता रकम तिरेका हुन् ।

बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल ३५ लाख ३७ हजार रुपियाँ र जिबी टेक्साइलले क्रमश १४ लाख १२ बक्यौता थियो । उनीहरुले त्यसको पहिलो किस्ता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ । किस्ता बुझाएपछि प्राधिकरणले उक्त दुई उद्योगमा लाइन समेत जोडिदिएको छ ।

यस्ता बक्यौता नतिरेपछि प्राधिकरणले बिहीबार राती ३४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले ४९ उद्योगलाई यस अन्तरगतको बक्यौता तिर्न बिहीबारसम्मको म्याद दिएको थियो । त्यसमा पाँच उद्योगले बिहीबार नै आफ्नो बक्यौताको पाँच किस्ता तिरेका थिए ।

रिलायन्स स्पेनिङ मिल्स, युनाइटेड सिमेन्ट, शिवम सिमेन्ट, अरिहन्त पोलिप्याक लिमिटेड, अरिहन्त मल्टीफाइवर लिमिटेड, मारुती सिमेन्ट र रघुपति जुट मिलले अदालतबाट स्टे अर्डर लिएर बसेकाले उनीहरुको लाइन काटिएन । यसैगरी सरकारी स्वामित्वको हेटौंडा र उदयपुर सिमेन्टको पनि लाइन काटिएको छैन । यी बाहेक ३४ उद्योगका लाइन बिहीबार राती काटिएको थियो ।

शुक्रबार दुई उद्योगले किस्ता तिरेपछि लाइन जोडिएको छ । यी बाहेक ३२ उद्योगमा लाइन काटिएकै अवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ