काठमाडौं । जुन उत्साह र अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेको थियो, पहिलो दिननै जनताले साथ नदिएपछि अन्ततः आन्दोलनका सबै कार्यक्रम रोक्नु परेको छ ।
सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा पक्राउ गरेपछि कात्तिक ३ गतेदेखि पोखरा केन्द्रित आन्दोलन गरिरहेको रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्दित सडक प्रदर्शन थालेको थियो । तर, सरकार विरुद्धको आन्दोलनमा जनसहभागिता उत्साहजनक नहुँने देखिएपनि कार्यक्रम स्थगित गर्न रास्वपा बाध्य भएको हो ।
जिल्ला प्रहरी कार्याल पोखराको हिरासतमा रहेर सहकारी ठगी मुद्दा खेपिरहेका सभापति रवि लामिछानेलाई अध्ययन गर्न अपुग भएको भन्दै प्रहरी थप समय मागेपछि जिल्ला अदालत कास्कीले ७ दिनको थप समय दिएको छ । योसँगै थप आक्रोशित बन्न पुगेका रास्वपाका कार्यकर्ता, नेता तथा सुभचिन्तकहरुले राजधानी केन्द्रित आन्दोलन चर्काउने भन्दै काठमाडौं आएका थिए । तर जनताको साथ नपाउने देखिएपछि अन्ततः रास्वपाको राजधानी केन्द्रित सरकार विरुद्धको आन्दोलन पहिलो दिन नै तुहिन पुगेको हो ।