+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा प्राधिकरणले दियो बाढी पीडितका लागि एक करोड

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी पीडितको सहयोगका लागि दैवी प्रकोप उद्दार कोषमा एक करोड रुपैयाँ दिएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।

गत महिना आएको भारी बर्षको बाढी पहिरोमा ठूलो जनधनको क्षति भएको थियो । बाढी पहिरो पीडितका लागि सरकारी कोषमा विभिन्न संघ संस्था र निकायबाट सहयोग गर्ने क्रम जारी रहेको छ । हालसम्म सरकारको राहत कोषमा झण्डै दुई अर्ब रुपैयाँ संकलन भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ