+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

शेखर कोइरालाको प्रश्न देउवा लाई: ‘कांग्रेसको नेतृत्व हो कि आत्मसमर्पण?’

जनवाच
१४ घण्टा अगाडी

१६ असार, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठकमा यसपटक फरक शैलीमा आक्रामक अभिव्यक्ति दिँदै पार्टी नेतृत्वमाथि कठोर प्रश्न उठाएका छन्। बैठकको पहिलो दिनमै उनले सरकारको नेतृत्व, महाधिवेशनको अनिश्चितता, गठबन्धनको निर्णय, अनुशासन समितिको निष्पक्षता र पार्टीभित्र देखिएको दोहोरो मापदण्डको तीव्र आलोचना गरे।

‘गठबन्धनमै सरकार बन्नुपर्छ भने पनि कांग्रेसकै नेतृत्वमा किन भएन?’ भन्दै कोइरालाले सभापति शेरबहादुर देउवासँग संविधान संशोधनका मुद्दासहित स्पष्ट जवाफ मागे। सातबुँदे सहमति कहाँ हरायो भनेर उनले गठबन्धनको सार र उद्देश्यमाथि नै प्रश्न गरे।

शेखर कोइरालाले अनुशासन समितिमाथि पनि गम्भीर प्रश्न उठाउँदै भने, ‘उस्तै विषयमा कसैलाई कारबाही, कसैलाई चेतावनी—यो निष्पक्षता हो?’ उनले चितवन प्रकरणमा आफूविरुद्ध गरिएको टिप्पणीबारे पनि सभापतिसँग स्पष्टीकरण मागे।

उनले पर्सा–१ मा स्वतन्त्र लडेका कांग्रेस उम्मेदवारले ल्याएको मत गठबन्धनका उम्मेदवारभन्दा धेरै रहेको उदाहरण दिँदै गठबन्धनको नाममा पार्टीको जनाधार गुमाइएको टिप्पणी गरे। स्वतन्त्र उम्मेदवार बनेका इमान्दार कार्यकर्तालाई एकपटक माफी दिइनुपर्ने प्रस्ताव पनि बैठकमा राखे।

सर्लाहीका जिल्ला सभापतिलाई सर्वोच्च अदालतले दोषी ठहर गरे पनि पदमा रहनु पार्टीको नैतिकता र छविमाथिको चोट भएको भन्दै कोइरालाले यसले पार्टीलाई कति क्षति पुर्‍यायो, सभापतिज्यूले सोच्नुभएको छ? भनेर प्रश्न गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ