१६ असार, सेभिया स्पेन- स्पेनको सेभियामा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा दुई देशबीचको कूटनीतिक, प्राविधिक तथा डिजिटल साझेदारीसम्बन्धी विषयमा गहन छलफल भएको जनाइएको छ। स्तोनिया सूचना प्रविधिमा विश्वकै अग्रणी राष्ट्रहरूमध्ये एक हो, र नेपालले डिजिटल पूर्वाधार र सुशासन प्रवर्द्धनका क्षेत्रमा स्तोनियाको अनुभवबाट लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।