सुजुकि कारको आधिकारिक सर्भिस सेन्टर अटो एभ, जोरपाटिमा दशैं क्याम्प सँचालन भएको छ ।
यहि असोज १४ गतेदेखि २३ गतेसम्म सँचालन हुने उक्त क्याम्पमा विभिन्न छुट तथा सुविधा उपलब्ध गराइएको छ ।
लेवर चार्जमा १५ प्रतिशत, पार्ट्स तथा ल्युब्रिकेन्टमा ७ प्रतिशत, एसटिडि डाइग्नोसिस तथा व्हिल अलाइनमेन्टमा ५० प्रतिशत र बार्षिक मर्मत शुल्कमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसका साथै कुनै पनि कारको जनरल चेकअप तथा बेट्रि र एसिको चेकअप निःशुल्क गरिने सँचालकले जनाएका छन् ।
नेपालमा सुजुकि कारको पहिलो आधिकारिक सर्भिस सेन्टर भएकाले पनि अटो एभमा ग्राहकहरुको निक्कै आकर्षण देखिन्छ । अटो एभको स्थापना आजभन्दा १५ बर्ष पहिले भएको हो ।

अत्याधुनिक उपकरण, दक्ष मेकानिक तथा रेस्पोन्सिभ कर्मचारीको कारणले गर्दा पनि उक्त सर्भिस सेन्टरमा आफ्नो कार नियमित सर्भिस तथा मर्मत गर्न लैजाने गरेको बताउँछन् उज्ज्वल भण्डारी । उनका अनुसार कुनै समस्या आयो भने अन द स्पट सर्भिस पाइने भएर पनि आफु निक्कै लाभान्वित भएको बताउँछन् ।
यो सर्भिस सेन्टरमा कारको सर्भिस तथा मर्मतको साथसाथै वास, डेन्ट, पेन्ट, टायरको काम, व्हिलको काम लगायत कारमा हुने हरेक समस्याको समाधान गरिने सँचालक मधुसुदन सिग्देल बताउँछन् ।
कुनै एउटा कारमा हुने कुनै पनि समस्याको समाधान एकै ठाउँमा हुने भएर पनि यहाँ काम गराउन सजिलो लाग्ने बताउँछिन सविता बुढाथोकि । उनी यस सर्भिस सेन्टरकि नियमित ग्राहक हुन् ।