काठमाडौं, जेष्ठ ११ –दैनिक जीवनको चाप, शारीरिक थकान र मानसिक तनावबीच शान्तिको खोजीमा रहेका नेपाली उपभोक्ताहरूका लागि अब राहतको नयाँ विकल्प सुरु भएको छ। भारतको प्रसिद्ध आयुर्वेदिक कम्पनी इमामी लिमिटेडले नेपालमा एक अभिनव प्रयासस्वरूप ‘नवरत्न बीट मसाज २०२५’ अभियान सञ्चालनमा ल्याएको छ। ७० दिनसम्म चल्ने यो अभियान केवल प्रचारमूलक कार्यक्रम होइन, यो उपभोक्तालाई प्रत्यक्ष अनुभव गराउने एउटा ‘स्मार्ट वेल्नेस ड्राइभ’ हो। कम्पनीका अनुसार, जेष्ठ ११ देखि सुरु भई साउन १७ सम्म तराईका २४ जिल्लामा पुग्ने अभियानले दैनिक जीवनका तनाव र शारीरिक पीडाबाट छुट्कारा दिलाउने उद्देश्य राखेको छ। अभियानको विशेषता के छ भने, यसले ‘राहत अनुभूतिको यात्रा’ मार्फत ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत प्रत्यक्ष रूपमा निःशुल्क २–मिनेटको हेड मसाज सेवा प्रदान गर्नेछ। पारम्परिक विज्ञापनको सीमाभन्दा बाहिर निस्केर नवरत्नले जनसामान्यसँग अन्तरक्रिया गर्ने रणनीति अपनाएको छ। ब्रान्ड म्यानेजर विकास तिवारीका अनुसार, “हामीले महसुस गर्यौं कि उपभोक्तालाई विश्वास दिलाउने सबैभन्दा राम्रो उपाय भनेको उनीहरूलाई आफैं अनुभूति गराउनु हो।” यसका लागि कम्पनीले विशेष टोली तयार पारेको छ, जसले दिनहुँ १०० किलोमिटरभन्दा बढी यात्रा गर्दै विभिन्न स्थानहरूमा ‘इंटरएक्टिभ स्टल’, ‘२–मिनेट च्यालेन्ज’, ‘कूल कूल पर्फमेन्स’ जस्ता रोचक कार्यक्रम प्रस्तुत गर्दैछ। अभियानले ६०,००० भन्दा बढी उपभोक्तासँग प्रत्यक्ष सम्पर्क गर्ने लक्ष्य लिएको छ, जसमा १२,००० वेट स्याम्पलिङ (प्रत्यक्ष मसाज सेवा) र ३०,००० ड्राई स्याम्पलिङ (तेलका स्याचे वितरण) समावेश छन्। जुनसुकै उमेरका मानिसहरूमा तनावको मात्रा बढ्दै गएको यो समयमा, नवरत्नले प्रस्तुत गरेको आयुर्वेदिक तेल – जुन नौ प्रकारका जडिबुटीहरूको संयोजनबाट बनेको छ – प्राकृतिक राहतको प्रतीक बन्दै गएको छ।