+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अरुण–३ आयोजनामा ढिलाइ समय थपको माग: उत्पादन मिति धकेल्न समीक्षा समिति गठन सिफारिस

अरुण–३ जस्तो रणनीतिक आयोजना समयमा सम्पन्न नहुनु केवल प्राविधिक ढिलाइ मात्र नभई राष्ट्रिय ऊर्जा सुरक्षामा समेत असर पार्ने विषय हो।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, जेठ १३ –पूर्वी नेपालको ठूलो महत्वको ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजना समयमै सम्पन्न नहुने भएपछि सरकारले उत्पादन मिति सार्न प्रक्रिया अघि बढाएको छ।

मंगलबार बसेको लगानी बोर्डको बैठकले आयोजना पुनरावलोकनका लागि ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। यही समितिको सिफारिसका आधारमा उत्पादन मिति लम्ब्याउने निर्णय गरिने बोर्डले स्पष्ट पारेको छ।

सतलज जलविद्युत् निगम (एसजेभीएन) मार्फत निर्माणाधीन यस आयोजनाको प्रारम्भिक व्यावसायिक उत्पादन मिति मार्च २०२५ तोकिएको थियो। तर, हालको प्रगति दर हेर्दा निर्धारित समयमै आयोजना सम्पन्न हुने सम्भावना कमजोर देखिएपछि निर्माण कम्पनीले समय थप माग गरेको हो।

परियोजना विकास सम्झौताअनुसार, निर्माण समय थप गर्नुअघि स्वतन्त्र ‘प्रोजेक्ट रिभ्यु प्यानल’ को सिफारिस आवश्यक पर्छ। लगानी बोर्डले यही प्रक्रिया सुरु गर्दै उक्त समिति गठनका लागि सरकारसँग अनुमति माग गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ