+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राशिफल

आज बिहिबार राशिफल अनुसार तपाइको दिन कस्तो रहनेछ?

जनवाच
३ दिन अगाडी

काठमाडौं – आजको दिन ग्रह गोचर र राशिचक्रका अनुसार जीवनशैली, मानसिकता र व्यक्तिगत निर्णयमा गहिरो प्रभाव पार्ने संकेत देखिएको छ। बृष राशिका लागि आत्मनिर्भरता आवश्यक छ भने मिथुन राशिका लागि आर्थिक सुधारको संकेत देखिएको छ। यहाँ प्रस्तुत छ आजको राशिअनुसारको जीवन दृष्टिकोण, जो केवल भविष्यवाणी मात्र होइन, तपाईंको सोच, योजना र व्यवहारमा सन्तुलन ल्याउन मार्गदर्शनसमेत बन्न सक्छ।

मेष – सहयोग र समन्वयले नै परिवर्तन सम्भव
वरिष्ठको साथ र सकारात्मक सोचले जटिलता हटाउन सहयोग पुर्‍याउनेछ। पुराना सम्बन्धले ऊर्जा दिनेछन्। नयाँ जिम्मेवारी बहन गर्नसक्ने दिन भएकाले आत्मविश्वास बढाउनुहोस्।

बृष – संवेदनशील सम्बन्ध र आत्मनिर्भर निर्णय
संघर्षको बीचमा पनि आफ्नो सोचमा अडिग रहनुपर्ने समय हो। कार्यस्थलमा समन्वय जुटाउने प्रयास गरिए राम्रो परिणाम आउन सक्छ। भाग्यमाथि होइन, कर्ममा विश्वास गर्नुहोस्।

मिथुन – समस्या होइन, समाधानमा ध्यान
सकारात्मक सोच र व्यावहारिक योजना आज तपाईंको उन्नतिको आधार बन्न सक्छ। आम्दानीको नयाँ स्रोत खुल्नेछ, संवाद र साझेदारी बढाउनुहोस्।

कर्कट – इज्जत र आस्था जोड्ने समय
पद र प्रतिष्ठामा वृद्धिको सम्भावना देखिन्छ। पुराना असुली प्रयासहरू सफल हुन सक्छन्। ध्यानचिन्त वा आत्मिक क्रियाकलापले मानसिक सन्तुलन दिन्छ।

सिंह – सजगता र मोहबीचको द्वन्द्व
सुखसुविधा र इच्छाहरुले प्राथमिकता माग्न सक्छ, तर आज धेरै खर्च नगरी विवेकपूर्ण निर्णय गर्नु आवश्यक छ। व्यक्तिगत सम्बन्धमा ध्यान दिँदा लाभ हुनेछ।

कन्या – शब्द र व्यवहारमा संयम जरुरी
आवेश र संकोचले सम्बन्ध बिगार्न सक्छन्। कार्यक्षेत्रमा धैर्य र स्पष्टताको साथ व्यवहार गर्नु हितकर हुन्छ। प्रतिस्पर्धात्मक अवसर पनि देखिन्छ।

तुला – नयाँ अवसरका ढोका खुल्ने दिन
विपरीत परिस्थिति हुँदा पनि चातुर्य प्रयोग गरेर लक्ष्यमा पुग्न सकिनेछ। पारिवारिक सम्बन्ध सुधारिने सम्भावना छ, साथै कामप्रतिको लगाव बढ्नेछ।

बृश्चिक – भावनात्मक चाप र दायित्वबीचको संघर्ष
मनोरञ्जन र व्यक्तिगत चाहनाबीच तालमेल मिलाउन गाह्रो हुन सक्छ। पारिवारिक उत्तरदायित्व र व्यावसायिक दायित्व बीच सन्तुलन खोज्नुहोस।

धनु – सहकार्य र पारिवारिक लगाव बढ्ने समय
पुराना मित्रहरूको साथले मन हलुका बन्न सक्छ। सन्तान वा भाइबहिनीप्रतिको जिम्मेवारी पूर्ति गर्ने अवसर मिल्नेछ। आत्मबलका साथ अघि बढ्न सकिने दिन हो।

मकर – खर्च र व्यक्तित्व विकास सँगसँगै
आर्थिक पक्षमा केही दबाव रहे पनि आत्मविश्वास र अभिव्यक्तिमा निखार आउनेछ। पढाइ र योजना–दृष्टिकोणमा स्पष्टता ल्याउनु लाभदायक हुनेछ।

कुम्भ – सुदृढ आत्मबल र व्यवस्थापकीय कौशलको उदय
आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ। भावनात्मक निकटता बढ्नेछ। दूरगामी योजनामा ध्यान दिँदा सफलता मिल्ने संकेत देखिन्छ।

मीन – समर्पण र संवेगबीचको सन्तुलन
छोटो व्यवहारले सम्बन्धमा तिक्तता ल्याउन सक्छ, तर धैर्य र समझदारीले प्रेम सम्बन्ध अझ प्रगाढ बनाउन सकिन्छ। व्यापारिक दृष्टिकोणले लाभदायक समय हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ