काठमाडौं, १३ जेठ — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुने पूर्वसन्ध्यामा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटको खाका र मूल उद्देश्यबारे जानकारी गराएका छन्।
मंगलबार शीतल निवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिसमक्ष बजेटको तयारी र प्राथमिकताबारे ब्रिफिङ गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उक्त भेटमा संवैधानिक परिपाटीअनुसार बजेटअघि राष्ट्रपतिको जानकारी गराउने परम्पराअनुरूप छलफल गरिएको हो।
सरकारले जेठ १५ गते, बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्न लागेको छ। उक्त बजेटले आर्थिक सुधार, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ।
यसअघि सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गरिसकेको छ, जसको आधारमा बिहीबार बजेट कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनेछ।