+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा

जनवाच
२ दिन अगाडी

१२ जेठ, काठमाडौं ।नेपाल समाजवादी पार्टी (नेसपा) भित्रको आन्तरिक विवाद अन्ततः ‘विभाजन’तर्फ उन्मुख हुँदै गएको छ। पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले नेतृत्वमा असहमति जनाउँदै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा अगाडि बढेका छन्, जुनसँगै नेसपा औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ।

यसै विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

नेसपा र माओवादी केन्द्रबीच गत २०८० चैत ३ गते पार्टी एकता गर्ने लिखित सहमति भए पनि त्यसको कार्यान्वयनमा अध्यक्ष महिन्द्र राय यादवले चासो नदेखाएको भन्दै श्रेष्ठ समूह आक्रोशित बनेको हो। श्रेष्ठ पक्षले आज माओवादी केन्द्रसँग औपचारिक एकताको घोषणा गर्ने तयारी गरेको छ।

श्रेष्ठले आफूहरूसँग २९ कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय सदस्यमध्ये ९९ जनाको साथ रहेको दाबी गरेका छन्। यसको अर्थ बहुमतको आधारमा उनले आफूलाई ‘वास्तविक’ नेतृत्वकर्ता भनेर अगाडि सारेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ