+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

 अमेरिकी सांसद न्यान्सीले बैठकमा आफ्नो नग्न तस्विर देखाइन् ?

जनवाच
१२ घण्टा अगाडी

काठमाडौं – राजनीतिमा संवेदनशीलता, स्वाभिमान र साहसको परिभाषा फेरिँदैछ। यसपटक अमेरिकी संसद्को बैठक कक्षमा एक महिला सांसदले स्वतन्त्रताको वास्तविक अर्थ बयान गर्न त्यस्तो कदम चालिन्, जुन केवल चर्चा होइन, एउटा सन्देश बनिरहेको छ।

दक्षिण क्यारोलिनाकी सांसद न्यान्सी मेसले अमेरिकी संसद्को हाउस ओभरसाइट कमिटी को बैठकमा बोल्दै आफ्नै निजी जीवनको घातक अनुभव प्रस्तुत गरिन्। उनले आफ्नै नग्न तस्बिर पोस्टरको रूपमा प्रदर्शन गर्दै आत्मसम्मान र गोपनीयताको हननविरुद्ध आवाज उठाइन्।

स्वतन्त्रता कुनै सैद्धान्तिक कुरा होइन, जब तपाईं निदाइरहनु भएको छ, तपाईंको अनुमति बिना कोही तपाईंको तस्बिर खिच्छ भने त्यो स्वतन्त्रता होइन, मेसको भनाइ थियो।

उनले भनेकी छन्, म सांसद मात्र होइन, पीडित पनि हुँ।” आफ्ना पूर्व मंगेतर प्याट्रिक ब्रायन्टमाथि आरोप लगाउँदै उनले भने– “मैले कहिल्यै अनुमति नदिएको तस्बिर र भिडियो गोप्य रूपमा खिचिएको हो।” उनले ब्रायन्टविरुद्ध बलात्कार, यौन दुर्व्यवहार र अन्य गम्भीर आपराधिक क्रियाकलापको आरोप पनि लगाएकी छिन्।

सांसद मेसको यो कदम केवल व्यक्तिगत न्यायको माग होइन, विधि र प्रणालीमै गम्भीर कानुनी सुधारको माग पनि हो। उनी भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गर्दै थिइन्। उनले भने – “गोप्य रूपमा खिचिएका तस्बिरहरूप्रति हामी कानुनत: चुप लागिरहन सक्दैनौं।

ब्रायन्टले यस्ता सबै आरोपलाई झुठा र राजनीतिक प्रेरित बताउँदै आफूले “कहिल्यै कसैको अनुमति बिना फोटो नखिचेको” दाबी गरेका छन्। उल्टै, उनले सांसद मेसले आफ्नो पदको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्।

हाल यो विषयमा दक्षिण क्यारोलिना राज्य कानून प्रवर्तन डिभिजनले अनुसन्धान गरिरहेको छ। ब्रायन्टले अनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गरिरहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ