+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

चार संसदीय समितिका बैठक आज बस्दै

जनवाच
११ घण्टा अगाडी

काठमाडौं – संघीय संसद अन्तर्गतका चारवटा प्रमुख समितिहरू आज छुट्टाछुट्टै बैठकमार्फत आगामी आर्थिक वर्षका प्राथमिकता, सार्वजनिक लेखापरीक्षण, संघीय सुदृढीकरण र विपद् व्यवस्थापन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल गर्दैछन्।

प्रतिनिधिसभाको अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु हुँदैछ, जसमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिनुपर्ने विषय बारे गम्भीर छलफल हुनेछ। बैठकमा समितिका सदस्यहरू, राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल उद्योग परिसंघ (CNI) का प्रतिनिधिहरू सहभागी हुनेछन्। बजेटको दिगो संरचना र निजी क्षेत्रको सहभागिता आजको छलफलको केन्द्रमा रहने छ।

सार्वजनिक लेखा समितिले पनि बिहानै बैठक राखेको छ, जसमा प्राप्त उजुरी र लेखा सम्बन्धी अनियमितताहरू माथि समीक्षा गरिनेछ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११:३० बजे बस्दैछ, जहाँ विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता माथि छलफल गरिनेछ। बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोग का प्रतिनिधिहरू उपस्थित हुनेछन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सुरू हुँदैछ, जहाँ विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्लाभ सम्बन्धी विषयमा छलफल हुनेछ। विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजना र नीति निर्माणमा संघीय भूमिका कस्तो रहनुपर्छ भन्नेबारे गम्भीर बहस हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ