+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

साइबर सुरक्षाका चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा चयन

चिरञ्जीवी अधिकारीको वरिष्ठ उपाध्यक्षमा चयन हुनु नेपालको डिजिटल सुरक्षालाई अझ संस्थागत बनाउने अवसर हो।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, ५ जेठ —नेपालको सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
यो चयन सूचना सुरक्षा, डिजिटल साक्षरता र युवा सशक्तिकरणमा उनको लामो योगदानको औपचारिक सम्मान पनि मानिएको छ।

अधिकारीको निर्वाचनसँगै क्यान महासंघमा अन्य प्रदेश तथा समूह प्रतिनिधिहरूको पनि चयन भएको छ — कोशी प्रदेशमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेशमा नारायण श्रेष्ठ, संस्थागत समूहमा केशव भट्टराई र व्यक्तिगत समूहमा दिपेन्द्र पौडेल सचिवमा नियुक्त भएका छन्।

चितवनका स्थायी बासिन्दा अधिकारी नेपालमा साइबर सुरक्षा र डिजिटल शासन प्रणाली विकासका अगुवा मानिन्छन्। उनले नेपालभर ५०० भन्दा बढी साइबर सुरक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गरेर विद्यालयदेखि सरकारी निकायसम्म डिजिटल जोखिमप्रति सजग गराएका छन्।

#npCert र #CSRI जस्ता संस्थाहरूको स्थापना तथा नेतृत्वले उनलाई एक दूरदर्शी प्रविधिकर्मीको रूपमा स्थापित गराएको छ।

अध्यक्षका रूपमा वन कभर प्रा.लि. मा कार्यरत अधिकारीले प्रविधिमा करियर बनाउन चाहने युवाहरूका लागि शिक्षा र स्टार्टअप प्रवर्द्धनमार्फत मार्गनिर्देशन गरिरहेका छन्।
उनी टेक्सास कलेज र सफ्टवारिका कलेजमा अध्यापनमार्फत शैक्षिक योगदान पनि दिँदै आएका छन्।

उनले प्राप्त गरेका विभिन्न अन्तर्राष्ट्रिय साइबर सुरक्षा प्रमाणपत्रले उनको प्राविधिक दक्षता र नेतृत्व क्षमतामा विश्वास दिलाउँछ।
२०२४ मा उनलाई पूर्व प्रधानमन्त्री खिलराज रेग्मीबाट “आईसीटी एक्सिलेन्स अवार्ड” प्रदान गरिएको थियो, जुन सम्मानले उनको कार्यलाई राष्ट्रिय स्तरमा मान्यता दिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ