+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

 एक अधिकृतकै हातबाट प्रहरी सहायक हवल्दा किन कुटिए ?

जनवाच
६ घण्टा अगाडी

काठमाडौँ – नागढुंगामा देखिएको एउटा अस्वाभाविक दृश्यले फेरि एकपटक प्रहरी संगठनभित्रको अनुशासन र आन्तरिक सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्राफिक प्रहरी इन्स्पेक्टर जिजेन्द्र शाहले आफ्नो मातहत प्रहरी सहायक हवल्दारलाई सार्वजनिक रूपमा चड्कन हानेको दृश्य देखिन्छ।

घटनास्थलमा उपस्थित अन्य व्यक्तिहरूका अनुसार, सो झगडा ट्रक चालकलाई कारबाही गर्ने विषयमा मतभेद भएपछि भएको हो। वरिष्ठ अधिकारीले यसरी सार्वजनिक स्थानमै  अपमान गर्नु मात्र अनुचित नभई, सम्पूर्ण संगठनको छविमाथि नै प्रश्न खडा गर्ने कार्य हो।

नेपाल प्रहरीको मूल्य र सिद्धान्तमा ‘अनुशासन’ एक मुख्य आधारस्तम्भ मानिन्छ। तर, उच्च पदस्थ व्यक्तिहरूकै यस्तो व्यवहारले संगठनको नैतिक धरातल कति कमजोर छ भन्ने संकेत गर्छ। प्रहरी संगठनले यस विषयलाई सामान्य झगडाको रूपमा होइन, संस्थागत गम्भीरताका साथ छानबिन गर्नु आवश्यक छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ