१ जेठ, काठमाडौं — राजधानीको चन्द्रागिरि नगरपालिका–११ स्थित सतुङ्गलको आर.आर. कम्प्लेक्समा रहेको कपडा गोदाममा आज बिहान भीषण आगलागी भयो। बिहान ५:२० बजेतिर सुरु भएको आगो दमकल, ट्यांकर र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासपछि करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।