+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

हिमालको काखमा रेल कुदाउने सपना : प्रधानमन्त्रीसँग कोरियन टोलीको सम्भावनामूलक संवाद

जनवाच
१ महिना अगाडी

 काठमाडौं –नेपालको दुर्गम भूगोललाई रेलमार्गले छिचोल्ने कल्पना अब परिकल्पनामा मात्र सीमित नरहने संकेत देखिएको छ। दक्षिण कोरियाको प्रतिष्ठित कोरिया रेलरोड कर्पोरेशन का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै नेपालको रेलवे भविष्यमा सहकार्यको ढोका खोल्ने इच्छा व्यक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटमा, ‘एभरेष्ट रेलवे प्रोजेक्ट’ को एनिमेसन भिडियो प्रस्तुत गरिँदा नेपालको भौगोलिक विकटता र सम्भावनाबीचको सेतु बन्ने सम्भावना प्रष्ट देखिएको थियो। कोरियन पक्षले चतराधामदेखि चौरीखर्कसम्म प्रस्तावित परियोजनामा गहिरो चासो प्रकट गर्दै सहकार्यको संकेत दिएको हो।

प्रधानमन्त्री ओलीले नेपालमा जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालन भइसकेको र अन्य क्षेत्रको सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भ उल्लेख गर्दै कोरियासँगको सहकार्य ऐतिहासिक बन्न सक्ने बताउनुभयो।

“दुई देशबीचको सहकार्यबाट प्रविधि स्थानान्तरण मात्र होइन, नेपालमा रेलमार्गको युग सुरु गर्न सकिनेछ,” प्रधानमन्त्रीको भनाइ थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी सुशील ज्ञवालीलगायतको उपस्थितिमा आयोजित छलफलमा कोरियन पक्षले रेलमार्ग निर्माणका लागि संयुक्त कार्य समूह गठनको सहमति व्यक्त गरिसकेको उल्लेख गरियो। यसअघि कम्पनीले भौतिक पूर्वाधार मन्त्रालय तथा लगानी बोर्डसँग पनि विस्तृत छलफल गरिसकेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ