+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

आन्दोलनले गुमेको पढाइ पुरागर्न शिक्षा मन्त्रालयको आग्रह :हिउँदे वा वर्षे बिदामा कक्षा सञ्चालन गर्न निर्देशन

जनवाच
११ घण्टा अगाडी

काठमाडौं — शिक्षक आन्दोलनले विद्यालयको नियमित पठनपाठनमा परेको असरलाई पूर्ति गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे वा वर्षे बिदामा समेत कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।

शिक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको सिकाइमा परेको प्रभावलाई न्युनिकरण गर्न सबै स्थानीय तह, विद्यालय र सरोकारवाला निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएको छ।

यसअघि नेपाल शिक्षक महासंघले पनि आन्दोलनका कारण छुटेका पाठ्यक्रम पुरा गर्न शिक्षकहरूलाई बिदामा पढाउन निर्देशन दिइसकेको छ। सोही सन्दर्भमा मन्त्रालयले बिदामा समेत अध्यापनको वैकल्पिक व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्न सबैले विशिष्ट समन्वय र सहकार्य गर्नुपर्छ।”

गत चैत २० देखि २९ गतेसम्म शिक्षक महासंघले शैक्षिक हड्तालसहितको आन्दोलन गरेको थियो, जसले देशभरका विद्यालयको नियमित कक्षा प्रभावित बनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ