+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

मोदीको सुरक्षा सर्कल सक्रिय, शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक

बैठकमा सैन्य प्रमुखहरूबाट जमिनी, हवाई र समुद्री सीमामा सुरक्षा सुदृढीकरण, प्रविधीय निगरानी विस्तार, र तत्काल प्रतिक्रिया रणनीतिबारे सुझाव प्रस्तुत गरिएको हुन सक्ने अनुमान छ।

जनवाच
५ घण्टा अगाडी

काठमाडौं — भारत–पाकिस्तानबीचको चुलिँदो तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षा सल्लाहकार टोलीसँग आपतकालीन रणनीतिक बैठक गरेका छन्। बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र थल, जल र वायुसेनाका प्रमुखहरू समेत सहभागी थिए।

प्रधानमन्त्री कार्यालयले बैठकको विस्तृत विवरण गोप्य राखे पनि, स्रोतहरूका अनुसार छलफलको केन्द्रमा पाकिस्तानतर्फबाट ड्रोन र मिसाइलमार्फत भएको कथित आक्रमण रहेको थियो। उक्त आक्रमणका सम्बन्धमा भारतले सम्भावित जवाफी रणनीति र सुरक्षा पूर्वतयारीको समीक्षा गरेको अनुमान गरिएको छ।

हालै पाकिस्तानबाट भारतीय सीमावर्ती क्षेत्रमा ड्रोनमार्फत विस्फोटक प्रहार गरिएको सूचना सार्वजनिक भएपछि भारतको सुरक्षा संयन्त्र सक्रिय बनेको हो। सुरक्षा विश्लेषकहरूले बैठकलाई युद्धस्तरको पूर्वतयारीको संकेतका रूपमा हेरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ