+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भारत–पाक तनावपछि नाकामा सुरक्षा कडाइ, आवतजावत गर्न परिचयपत्र अनिवार्य

जनवाच
४ घण्टा अगाडी

२७ वैशाख, धनगढी — भारत–पाकिस्तानबीचको पछिल्लो युद्ध तनावले नेपालका सीमावर्ती क्षेत्रहरूमा पनि असर पार्न थालेको छ। विशेषतः भारतसँगको प्रमुख सीमाना कैलालीको गौरीफन्टा नाकामा सुरक्षा निगरानी कडा बनाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले संयुक्त रूपमा नाकामा सशक्त चेकजाँच, गस्ती र पेट्रोलिङ तीव्र पारेका छन्। नेपालबाट भारततर्फ आवतजावत गर्न चाहने नेपाली नागरिकले अब नागरिकता प्रमाणपत्र अनिवार्य देखाउनुपर्ने छ भने भारतीय पक्षबाट आउने व्यक्तिहरूले आधार कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले सुरक्षा सतर्कता बढाउनुको कारण युद्धको संवेदनशीलता र सीमाको सम्भावित जोखिम न्यूनीकरण भएको बताए। “सामान्य समयको तुलनामा अहिले चेकजाँच अत्यधिक कडा छ,” उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, गौरीफन्टासहित भारतसँग जोडिएका सबै सीमा नाकामा निगरानी कडाइ गरिएको छ। साथै, चोरी, तस्करी र अन्य अवैध क्रियाकलाप नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ।

स्थानीय प्रशासनले सीमावासी नागरिकहरूलाई सर्तक रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन आह्वान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ