+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

नागरिकता मात्रै लिएर नयाँ बजाज बाइक लिएर जानुस, विराटनगरमा शुरू भयो ग्रान्ड एक्सचेन्ज मेला

बजाजको यो मेला नेपालकै सबैभन्दा बृहत् मोटरसाइकल एक्सचेन्ज योजना बन्ने दाबी गरिएको छ। कम्पनीको उद्देश्य — नयाँ बाइक सजिलै, पुरानोको राम्रै मूल्यमा।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं — पुरानो बाइक दिएर नयाँ बाइक सजिलै किन्न सकिने अवसर लिएर बजाजले विराटनगरमा ‘ग्रान्ड एक्सचेन्ज मेला’ सुरू गरेको छ। कागजी झन्झटबिनै, नागरिकता बोकेर जानुस् र बाइक लिएर फर्किनुस् भन्ने शैलीमा मेलाले ग्राहकलाई आकर्षित गरिरहेको छ।

हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले आयोजना गरेको यो मेला वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म विराटनगरको महाबिर चोकमा चल्नेछ।

मेलाको विशेषता भनेको अन द स्पट फाइनान्स, ०% सर्भिस चार्ज, रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज, अनि ‘खुशीको मिटर’ स्किम अन्तर्गत नगद र उपहार जित्ने अवसर हो।

काठमाडौंबाट आएका विशेषज्ञ भ्यालुएटरहरूले पुरानो बाइकको मूल्यांकन गर्नेछन्, जसमा बोनस भ्यालुएसनका रूपमा थप नगद रु. १०,००० सम्म पाइनेछ।

कम्पनीका अनुसार, अघिल्ला खरिद प्रक्रियामा लाग्ने लालपुर्जा, आय प्रमाणपत्र, पानी–बिजुलीको बिलजस्ता कागजातको झन्झट हटाइएको छ। अब नागरिकता मात्रै लिए पुग्नेछ। किस्ताबन्दीमा किन्न चाहने ग्राहकलाई १ घण्टामै ऋण स्वीकृति हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ