काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटारमा भेट गर्दै भारत–पाकिस्तानबीचको पछिल्लो तनावका विषयमा जानकारी गराएका छन्।
राजदूत श्रीवास्तवले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए। उनले भारतले आत्मरक्षामा चालेका कदमहरूबारे प्रस्ट पार्दै “जेट हमला गरिएको” भन्ने प्रचार असत्य भएको बताए।
श्रीवास्तवले नेपाल सरकारले सार्वजनिक गरेको आतंकवादी हमलाको भर्त्सनात्मक वक्तव्यप्रति आभार प्रकट गरेका थिए।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा उभिएको उल्लेख गर्दै, आतंकवादप्रति आफ्नो दृढ विरोधको अडान दोहोर्याए। साथै, उनले नेपालले आफ्नो भूमि कुनैपनि द्वन्द्व चर्काउने प्रयोजनका लागि प्रयोग गर्न नदिने स्पष्ट पारे।