+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

लोकतन्त्रको संरक्षण र न्यायपुर्ण समाजका लागि कानुनको भुमिका अनिवार्य: राष्ट्रपति

राष्ट्रपतिले कानुन दिवसलाई सिर्जनशील सुधार र जनमुखी न्याय प्रणाली विकासको अवसरको रूपमा लिनुपर्ने बताउँदै, सबै निकायलाई दायित्वबोध गराए।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपालिका र कानुन क्षेत्रलाई लोकतन्त्रको मेरुदण्डका रूपमा स्मरण गराउँदै, न्यायमा सहज पहुँच, छिटो न्याय सम्पादन, र विधिको शासन सुनिश्चित गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन्।

कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायपालिका र कानुन क्षेत्रको दायित्व अझै गहिरो र जटिल बन्दै गएको भन्दै, जनताको विश्वास जित्ने खालको सुधार ल्याउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

“कानुन दिवसले हामीलाई कानुन क्षेत्रको गरिमा र जिम्मेवारी सम्झाउने मात्र होइन, न्यायिक मूल्य र आस्थाको संरक्षण गर्ने प्रेरणा पनि दिनुपर्छ,” राष्ट्रपति पौडेलले भने।

उनले संविधानले प्रत्याभूत गरेका संविधानको मर्म, मौलिक अधिकार, निष्पक्ष न्याय र शक्ति पृथकीकरण जस्ता सिद्धान्तहरूको रक्षा कानुन क्षेत्रको कर्तव्य हो भन्ने धारणा व्यक्त गरे।

प्रविधिसँग मेल खाने सुधारको खाँचो औँल्याउँदै, पौडेलले नयाँ कानुन निर्माण र पुराना कानुनको समसामयिक परिमार्जनमार्फत नागरिकले छिटो न्याय पाउनुपर्ने आवश्यकता दोहोर्‍याए।

उनको भनाइमा, न्यायालयमा मुद्धाको जथाभावी ढिलाइ, प्रक्रियागत जटिलता, र आमनागरिकको पहुँच टाढा हुनुले न्यायिक आस्था खस्किन सक्ने खतरा बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ