+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस्, सरकारलाई लिङ्देनको सुझाव

राजनीतिक वक्तव्यभन्दा व्यावहारिक समाधान खोज्नुपर्ने बेला आएको बताउँदै, उनले नीति तथा कार्यक्रमलाई आशामुखी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।

जनवाच
१० घण्टा अगाडी

काठमाडौं, २६ वैशाख — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारद्वारा प्रस्तुत यस वर्षको नीति तथा कार्यक्रमबारे चर्को आलोचना गरेका छन्। उनले अघिल्लो वर्षको नीति तथा कार्यक्रमले केही आशा जगाउने प्रयास गरेपनि, यो वर्ष भाषाबाटै सरकारको कमजोर मानसिकता झल्किएको टिप्पणी गरे।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लिङ्देनले अघिल्लो सरकारको नीति तथा कार्यक्रम जनतामा ‘आशा र भरोसा जगाउने’ भनाइसहित आएको भन्दै, त्यस्तो सकारात्मक अभिव्यक्तिको अभाव यस वर्षको दस्तावेजमा रहेको बताए।

‘यो पटक व्यवस्थाको रक्षार्थ लड्ने भन्ने भाषा आएको छ, जुन सरकारको मनस्थिति कस्तो छ भन्ने देखाउँछ,’ उनले भने।

संविधानभित्र रहेर एजेण्डा अघि बढाउने पक्षमा रहेको स्पष्ट गर्दै, लिङ्देनले कसैले संविधान खारेजीको माग गरेपनि, राप्रपा भने संविधानमै रहेर आफ्ना विचार राख्ने पक्षधर रहेको बताए।

उनले सरकारलाई “जनतामा आशा जगाउने” पहल गर्न आग्रह गर्दै भने, ‘गत वर्षको सरकारले प्रयास गर्छु भनेको थियो, तपाईंहरूले पनि गर्नुस्। निराशा चिर्नुहोस्।’

लिङ्देनले फजुल खर्च हुने संरचनाहरू खारेज गर्न सरकारलाई सुझाउँदै, यस्तो कदममा राप्रपाले समर्थन गर्ने समेत स्पष्ट पारे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ