+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

एन्फा सभाबाहिर गणेश थापा समर्थकको आक्रोश, प्लेकार्ड बोकेर प्रदर्शन

जनवाच
१४ घण्टा अगाडी

धुलिखेल, २६ बैशाख – पूर्वअध्यक्ष गणेश थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा प्रवेश नदिएपछि धुलिखेलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। थापाका समर्थकले हातमा प्लेकार्ड बोकी प्रदर्शन गरेसँगै विवादले राजनीतिक र कानुनी रंग लिएको छ।

एन्फाको साधारणसभा सुरू हुनुअघि नै थापा आफ्ना समर्थकसहित धुलिखेलस्थित सभास्थलमा पुगेका थिए। उच्च अदालत पाटनको आदेश देखाउँदा पनि सभास्थल प्रवेशमा रोक लगाइएपछि उनले बाहिरै बस्नुपर्‍यो।

छोरा अभिषेक थापाले भने, ‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, तर आदेश देखाउँदा पनि प्रवेश नदिएपछि हामी न्यायका लागि सडकमा उत्रन बाध्य भयौं।’

फिफाले लगाएको १० वर्षे प्रतिबन्ध समाप्त भएपछिको यो पहिलो सहभागिता प्रयास भएकाले थापाका पक्षधरहरू यो रोकलाई ‘पूर्वाग्रही निर्णय’ को संज्ञा दिइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ