काठमाडौँ । नेपाल बैंक लिमिटेडले असोज महिनाको लागि ब्याजदर बढाएको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तो ब्याजदर भदौमा ५.२५ प्रतिशत रहेको थियो।
बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.३० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिएको थियो ।