+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक

जनवाच
७ महिना अगाडी

काठमाडौा। नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते आईतबार एकैदिन बैंकिङ प्रणालीबाट एक सय अर्ब (१ खर्ब) रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो ।

खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमे भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा पनि बैंकिङ प्रणालीमा तरलता थुप्रिईरहँदा बजारलाई सन्तुलन बनाउन केन्द्रिय बैंकले बजारबाट पैसा फिर्ता लिने क्रम जारी छ ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आइतबार साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ । न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने असोज २० गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ