+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षा मन्त्रालयको जिम्मा अब रघुजी पन्तलाई : शीतल निवासमा लिइयो शपथ

शिक्षा प्रणाली अहिले जटिल मोडमा छ—विद्यार्थीको परीक्षा प्रभावित, शिक्षकको आक्रोश उस्तै, र नीति निर्धारणमा अलमल। 

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, ११ वैशाख — शिक्षा क्षेत्रमा चुलिँदो आन्दोलन र दबाबबीच नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबार नवनियुक्त शिक्षामन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्।

शपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भयो। राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई संवैधानिक प्रक्रिया अनुसार शपथ गराएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई मन्त्री नियुक्त गरिएको हो। केही दिनअघि मात्र तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको चापबीच पदबाट राजीनामा दिएकी थिइन्।

पन्त नेकपा एमालेबाट समानुपातिक सांसद हुन् र विगतमा समेत उनी पार्टीका नीतिगत विषयमा स्पष्ट धारणा राख्दै आएका छन्। अब शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले आन्दोलनरत शिक्षक, असन्तुष्ट विद्यार्थी, र अन्य सरोकारवालासँग संवादमार्फत समाधान निकाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ