+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

घाउमा मलहम होइन नून छर्किँदैछ — वित्तीय पीडितका पक्षमा महतोको गर्जन

जनवाच
१ दिन अगाडी

काठमाडौं — सहकारी, लघुवित्त र बैंकिङ प्रणालीमा ठगिएर पीडित बनेका हजारौं नागरिकका आवाजलाई अझ बुलन्द बनाउन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले कडा लहजा अपनाएका छन्।

शान्ति बाटिकामा आयोजित विरोध सभामा सम्बोधन गर्दै महतोले सरकारमाथि ‘शोषकको भूमिका’ निर्वाह गरिरहेको गम्भीर आरोप लगाए। “अब पापको घडा भरिसक्यो, जुनसुकै बेला फुट्न सक्छ,” महतोको चेतावनीपूर्ण अभिव्यक्ति थियो।

उनले विशेषगरी ग्रामीण तथा श्रमजीवी वर्गलाई आर्थिक स्वतन्त्रताको सपना देखाएर झुटको कारोबार गरेको भन्दै सहकारी तथा लघुवित्त संस्थाको नियमनमा सरकार असफल भएको उल्लेख गरे। “पीडित सडकमा छन्, रोइरहेका छन्, तर राज्यले तिनको पीडा सुन्नुको सट्टा उपेक्षा गरिरहेको छ,” उनले भने।

महतोका अनुसार अहिलेसम्म भएका वार्ता, सम्झौता र आश्वासनहरू केवल ‘जनतालाई थामथुम पार्ने अस्त्र’ मात्र बनेका छन्। “सरकार नागरिकका लागि अभिभावक बन्नुको सट्टा दलाल वित्तीय संरचनाको रक्षक बनेको छ,” महतोको कडा टिप्पणी थियो।

अध्यक्ष महतोले यो आन्दोलन अब ‘आशावादी प्रतीक्षा’ बाट बाहिर निस्केर ‘संघर्षको नयाँ चरण’ मा प्रवेश गर्ने स्पष्ट पारे । उनले सम्पूर्ण पीडित समुदाय, नागरिक समाज र न्यायप्रेमी शक्ति एकत्रित भएर एकीकृत आन्दोलनको तयारी गर्न आह्वान गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ