+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

गुट्खा–खैनीमाथि कडाइ : उपभोक्ता सुरक्षाका नाममा सरकारले गर्‍यो बजारमा रोक

जनवाच
३ दिन अगाडी

काठमाडौं, वैशाख २ – स्वास्थ्यमा प्रतिकूल असर पार्ने र उपभोक्तालाई ठग्ने गुट्खा तथा खैनी उत्पादनहरूमाथि सरकारले सजगता बढाउँदै कारबाही तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लङ्घन गरेको भन्दै करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री तथा वितरणमा रोक लगाइएको छ।

पछिल्लो कदम उपभोक्ता अधिकार रक्षा र गुणस्तरहीन उत्पादन विरुद्धको चेतावनीका रूपमा आएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मंगलबारको अनुगमनमा ललितपुरस्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रा.लि. र पशुपति ट्रेडिङ कन्सर्न माथि कारबाही गरिएको हो।

बिक्री गरिएका तामाखुजन्य उत्पादनमा तौल र लेबलिङको गम्भीर त्रुटि पाइएपछि विभागले यी डिलरहरूलाई देशव्यापी रूपमा कारोबार रोक्का गर्न आदेश दिएको छ।

आइतबारको अनुगमनमा काठमाडौं-२२ स्थित आनन्द ट्रेडर्स लाई एमआरपी बिनाको सामग्री बिक्री गरेको भन्दै रु. २ लाख जरिवाना गरिनुका साथै स्पष्ट लेबलसहित मात्र सामान बिक्री गर्न निर्देशन दिइएको छ।

त्यस्तै, बुढानिलकण्ठस्थित ट्रियु फामेशिया र स्किन फार्मेसीबाट संकलित औषधि नमुनामा अनियमितता भेटिएपछि वितरण नै रोक्का गरिएको छ।

विभागमा बोलाइएका अन्य व्यवसायीहरू

मधुगंगा इन्टरप्राइजेज

मित्रलाल पौडेल

सजिलो रेन्टल प्रा.लि.

यी व्यवसायीहरूलाई पनि कागजातसहित विभागमा तीन दिनभित्र उपस्थित हुन सूचित गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले अनुगमनलाई थप कठोर र प्रभावकारी बनाएको छ।

सरकारले बजारमा बिक्री हुने सबै उत्पादनमा एमआरपी अनिवार्य गर्दै, उल्लङ्घनकर्तालाई कानुनी कारबाही गर्न सुरु गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ