+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’

"हामी गणतन्त्रको संस्थागत स्थायित्वका लागि लड्दैछौं," ज्ञवालीले भने, "तर कोही पुरानै सत्ताको पुनरुत्थानको सपना देखिरहेका छन् भने त्यो जनभावनाको अपमान हो।"

जनवाच
४ दिन अगाडी

काठमाडौं- चैत १५ गते राजधानीको तीनकुनेमा राजसंस्थाको पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शनमा भएको हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहले “दुःख” प्रकट गर्दै मात्र चित्त नबुज्ने भन्दै एमाले नेताहरूले उनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

एमाले सचिवालय बैठकमा उठाइएको धारणा अनुसार, शाहले उक्त आन्दोलनमा ‘आफैले चयन गरेका कमाण्डर’ हरूमार्फत नेतृत्व दिइएको आरोप लगाउँदै, त्यसबाट भएको मानवीय र भौतिक क्षतिप्रति जिम्मेवारी नलिएको भन्दै आलोचना गरिएको छ।

एमाले नेता प्रदीप ज्ञवालीले पूर्वराजाको पछिल्लो भिडियो सन्देशप्रति असहमति जनाउँदै भने,
“उहाँले १५ दिनपछि दुःख त व्यक्त गर्नुभयो, तर त्यो मात्रैले पुग्दैन। घटनामा संलग्न नेतृत्व उहाँकै निर्देशनमा थियो भने जवाफदेही पनि उहाँकै हुनु पर्छ।”

उनले अगाडि थपे, “उहाँले नेपाली जनतामा जागरण आएको भन्नुभयो, तर के सरकारी कार्यालयमाथिको आक्रमणलाई जागरण भन्न मिल्छ? त्यो त अराजकता हो।”

नेता ज्ञवालीले स्पष्ट रूपमा भने — “अब लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, यो गन्तव्य जनताले रोजिसके। यसलाई चुनौती दिने जो–कोहीलाई जनताले स्विकार्दैनन्।”

तीनकुने घटनालाई लिएर एमालेले पहिलोपटक यति स्पष्ट रुपमा पूर्वराजालाई लक्षित गर्दै राजनीतिक जवाफदेहीताकाे माग राखेको हो।

राजसंस्थाबाट निस्किएका सन्देश र कार्यक्रमहरू पछिल्ला महिनामा तीव्र हुँदै गएका छन्। खासगरी पूर्वराजाका राजनीतिक स्वरूपका अभिव्यक्तिहरूले सत्तारूढ मात्र होइन, प्रमुख प्रतिपक्षलाई समेत सतर्क बनाएको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ