+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

वीरगञ्जको शोभायात्रामा ढुंगामुढा, कर्फ्यु जारी गर्नुपर्नी अबस्ता किनभयो ?

जनवाच
६ दिन अगाडी

काठमाडौं, ३० चैत। नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जमा धार्मिक कार्यक्रमले तनावपूर्ण मोड लिँदा शहर कर्फ्युको चपेटामा परेको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिको आयोजनामा शनिबार निकालिएको शोभायात्रा जामा मस्जिद अगाडिको क्षेत्रमा पुग्दा स्थिति बिथोलिएको हो।

दुई समुदायबीचको झडपले शहरमा एक्कासी अशान्ति फैलियो। अपराह्न ४:५० बजे शोभायात्रा मस्जिद क्षेत्र पुग्दा ढुंगामुढा सुरु भएपछि प्रहरीको हस्तक्षेप आवश्यक बन्यो। भिड नियन्त्रण गर्न प्रहरीले ५:४० बजे अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेर भिड तितरवितर पार्‍यो।

झडपका क्रममा एक मोटरसाइकलमा आगजनी र पसलबाट निकालिएको फ्रिजमा समेत आगो लगाइएको पुष्टि प्रहरीले गरेको छ। भिड नियन्त्रण गर्ने क्रममा ८ जना सुरक्षाकर्मी घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

स्थिति झनै जटिल बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार साँझ ६:३० बजेदेखि भोलि मध्यान्ह १२:०० बजेसम्म कर्फ्यु आदेश लागू गरिएको हो।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवामा खटिएका व्यक्तिहरू मात्र परिचयपत्र र प्रमाणसहित सडकमा निस्कन पाउनेछन। कर्फ्यु उल्लंघन गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ